लोकप्रिय

लोकप्रिय

आलुको बोरामा लुकाएर खैरो हेरोइन तस्करी, स्कर्टिङ गर्ने ३ जना भिमानबाट पक्राउ


Saptarangilive
  • आलुको बोरामा लुकाएर खैरो हेरोइन तस्करी, स्कर्टिङ गर्ने ३ जना भिमानबाट पक्राउ

    श्रावण - २०, सिन्धुली। सिन्धुलीको भिमानबाट प्रहरीले आलुको बोरामा लुकाएर तस्करी भइरहेको ठुलो परिमाणको लागुऔषध खैरो हेरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    Screenshot_20260805_210314_Facebook.png
    मंगलबार लागुऔषध नियन्त्रण ब्यूरोको बर्दिबास शाखाबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा मिर्चैया नगरपालिका–५, सिरहाका बर्ष २० को सन्देश यादव, कमला नगरपालिका–७, धनुषाका बर्ष २० का राहुल कुमार मण्डल र कल्याणपुर नगरपालिका–६, सिरहाका बर्ष २० का अभिषेक कुमार साह रहेको प्रहरीले जनाएको छ ।
    Messenger_creation_B9538835-5E8F-4604-9DA7-3859B66F0EFF.jpeg
    ब्यूरो प्रमुख एसएसपी सुबासचन्द्र बोहराको अनुसार महोत्तरीबाट काठमाडौँतर्फ आउँदै गरेको मधेस प्रदेश ०५–००१ ज ००८६ नम्बरको हाइस माइक्रो बसमा आलुको बोराभित्र लुकाएर लागुऔषध पठाइएको थियो। माइक्रोमा सवार सन्देश यादवको साथबाट ४५ ग्राम १९० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको हो ।उक्त लागुऔषध बोकेको माइक्रोलाई राहुल कुमार र अभिषेक कुमारले मोटरसाइकलमा स्कर्टिङ  गर्दै काठमाडौँतर्फ ल्याइरहेका थिए ।  भिमानमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मोटरसाइकल र माइक्रो सहित तीनै जनालाई घेराबन्दी गरेर समात्न सफल भएको प्रहरीले बताएको छ।पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि ईलाका प्रहरी कार्यालय भिमानमा बुझाइएको ब्यूरोले जनाएको छ । 
     

     
     
     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    ताजा अपडेट