भरतपुर इलेक्ट्रिक स्कुटर सेन्टरले बिगत लामो समय देखि बिक्रि गर्दै आएको Kaisai CS इलेक्ट्रिक स्कुटर मा दशै र तिहार अफर अन्तर्गत प्रत्यक स्कुटर को खरिद मा रु १००००/- सम्म छुट को घोषना गरेको छ ।
एकपटक चार्ज गर्दा १०० देखि १२० किलोमिटरसम्म यात्रा गर्न सक्ने यस स्कुटर मा अगाडि र पछाडि डिस्क ब्रेक, रिभर्स गियर, पार्किङ मोड, Keyless Entry, USB पोर्ट, LCD डिस्प्ले, DRL तथा प्रोजेक्टर हेडल्याम्पजस्ता सुविधा रहेका छन्। सुरक्षाका लागि NFC Anti-Theft Alarm र Wheel Lock पनि उपलब्ध छन्।
कम्पनीका अनुसार यस CS मोडलमा १,२०० वाटको रेटेड मोटर र २,४०० वाट पिक मोटर पावर रहेको छ। यसमा ७२ भोल्ट ३८Ah Graphene Gel Battery तथा ७२ भोल्ट ४०Ah Lithium-ion Battery को विकल्प पनि दिइएको छ।
यसको अधिकतम गति ५५ किलोमिटर प्रतिघण्टा रहेको छ भने फुल चार्ज हुन करिब ५–६ घण्टा लाग्ने उल्लेख छ।
कम्पनीका अनुसार स्कुटरले १० डिग्रीसम्मको उकालो चढ्न सक्ने र अधिकतम १४० किलोसम्मको भार धान्न सक्नेछ।वातावरणमैत्री र विद्युतीय सवारीप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै यो स्कुटर उपलब्ध गराइएको छा।