काठमाडाैँ-नेकपा (एमाले) का उपाध्यक्ष तथा सांसद सुवास नेम्वाङको शव आज र भोलि (मंगलबार र बुधबार) पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ।नेम्वाङको शब अहिले ७ बजे ललितपुर,च्यासलस्थित पार्टी कार्यालय लगिँदै छ।भोलि अपराह्नपछि मात्रै अन्तिम संस्कार गरिने जनाइएकाे छ ।संविधान सभा अध्यक्षसमेत रहेका नेम्वाङ इलाम-२ बाट निर्वाचित सांसद थिए। एमालेका संसदीय दलका उपनेता रहेका उनको मंगलबार बिहान १ बजे हृदयघातबाट निधन भएको हाे।