रास्वपाका सभापति रवि लामिछानेले कोशी प्रदेशमा एमालेको सहगोगमा कांग्रेसले मुख्यमन्त्री पाएपछि महागठबनधनले सार्थकता पाएको प्रतिक्रिया दिएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन् _ गत उपनिर्वाचनमा मलाई र डा स्वर्णिम वाग्लेलाई हराउन ड्राफ्ट भएर एउटा मात्र हस्ताक्षर हुन बाँकी रहेको महागठवन्धनले आज कोशीमा सार्थकता पाएछ। राम्रो भो, अब केन्द्रमा पनि यस्तै सहकार्य होस्।
लामिछानेले आगामी निर्वाचन सम्ममा सबै पुराना दल एक ठाँउमा बसेर महागठवन्धन गर्न र चुनाव चिन्ह पनि एउटै राख्न सुझाव दिएका छन् ।
लेख्छन् _ ढिला नगरी महागठबन्धनवादी मोर्चाको घोषणा सभा बारेपनि सुन्न पाइयोस् । उदेश्य एउटै_ कार्यशैली एउटै_चरित्र एउटै_गन्तव्य एउटै भएपछि,_सटर चाहिँ किन बेग्लाबेग्लै ???????