राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई संयुक्त राज्य अमेरिकास्थित स्यालिस्बरी विश्वविद्यालयले 'One Person Can Make A Difference' लेक्चर सिरिज अन्तर्गत वक्ताका रुपमा आमन्त्रण गरेको थियो । भौतिक रूपमा उ पस्थित हुन नसकेपछि सभापति लामिछानेले भर्चुअली सम्बोधन गर्नुभएको छ । विगतमा त्यस विश्वविद्यालयले आयोजना गरेको यस्तै लेक्चर सिरिजमा नोबेल पुरस्कार विजेता एवं दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति एफडब्ल्यू डे क्लर्क , नोबेल पुरस्कार विजेता एवं ऐतिहासिक अध्ययता लेच वालेसा , महात्मा गान्धीका नाती डा . अरुण गान्धीलगायतले सम्बोधन गरेका थिए ।