लोकप्रिय

लोकप्रिय

सर्वोच्चको फैसलालगत्तै पक्राउ परेका रिगलले कति अब वर्ष जेल बस्नु पर्छ ?


सर्वोच्चको  फैसलालगत्तै  पक्राउ  परेका  रिगलले  कति  अब  वर्ष  जेल  बस्नु  पर्छ  ?

काठमाडौँ  ।  सर्वोच्च  अदालतको  फैसलालगत्तै  पक्राउ  परेका  योगराज  ढकाल  भनिने  रिगलले  ११  वर्ष  भन्दा  बढी  जेल  बस्नुपर्ने  भएको छ ।  सर्वोच्चको  फैसलाअनुसार  उनी  अब  ११  वर्ष  ११  महिना  ५  दिन  जेलमा  बस्नुपर्ने  भएको  हो  । 

 उनी  बिहीबार  अपराह्न  नेपालगन्जबाट  पक्राउ  परेका  छन्  ।  बिहीबार  नै  न्यायाधीशहरु  ईश्वरप्रसाद  खतिवडा ,  सपना  प्रधानमल्ल  र  कुमार  चुडालको  संयुक्त  इजलासले  ढकाललाई  आममाफी  दिने  राष्ट्रपति  कार्यालयको  निर्णय  उत्प्रेषणको  आदेशले  बदर  गर्दै  निजलाई  तत्काल  पक्राउ  गरेर  थुनामा  राख्न  परमादेश  समेत दिएको  थियो  ।

 संविधान  दिवसका  अवसरमा  मन्त्रिपरिषद्ले  योगराज  ढकालको  कैद  मिनाहा  गर्ने  निर्णय  गरी  आममाफीका  निम्ति  राष्ट्रपतिसमक्ष  सिफारिस  गरेको  थियो  ।  सरकारको  उक्त  सिफारिससँगै  ढकाल  कारागारमुक्त  भएका  थिए  ।  चेतन  मानन्धरको  हत्या  गरिएको  मुद्दामा  बाँके  जिल्ला  अदालतबाट  २०७५–१–११  मा  र  उच्च अदालत  तुलसीपुर,  नेपालगञ्ज  इजलासबाट  २०७६–१०–२८ मा  भएको  फैसला  अनुसार  ढकाललाई  जन्मकैद  (वीस वर्ष कैद)  हुने  भनी  ठहर  भएको  थियो  । 

सो  मुद्दाका  सन्दर्भमा  रिगल  ढकाल  २०७२–५–७ देखि  थुनामा  रहेका  थिए  भने २०८०  साल असोज  ३  गतेको  संविधान  दिवसको  सन्दर्भमा  निजलाई  रिहा  गर्दा  बाँकी  कैद  ११  वर्ष  ११ महिना  ५  दिन  भुक्तानी  हुनै  बाँकी  थियो  । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट