लोकप्रिय

लोकप्रिय

जाजरकोट केन्द्रबिन्दु भएर फेरि गयो भूकम्प


जाजरकोट  केन्द्रबिन्दु  भएर  फेरि  गयो  भूकम्प

काठमाडौं,  कात्तिक  १९ - 

 जाजरकोट  केन्द्रबिन्दु  भएर  फेरि  भूकम्प  गएको  छ ।  जाजरकोटको  बारेकोट  गाउँपालिका  १  रामीडाँडा  केन्द्रबिन्दु  भएर  आज  बिहान  २  पटक  भूकम्प गएको राष्ट्रिय  भूकम्प  मापन  तथा  अनुसन्धान  केन्द्रले  जनाएको  छ ।  केन्द्रका अनुसार  आज  बिहान  १ः२२  बजे  ४  म्याग्नेच्युड  र  बिहान  ४ः५३  बजे  ३.८  म्याग्नेच्युडको  भूकम्प गएको  हो ।  शुक्रबार राति  ११ः४७  बजे  रामीडाँडा  केन्द्रबिन्दु  बनाएर  ६.४  म्याग्नेच्युडको  भूकम्प  गएयता  सोही स्थानलाई  केन्द्रबिन्दु  बनाई  आधा  दर्जन  बढी   पराकम्पनहरू  गइरहेका  छन् । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट