लोकप्रिय

लोकप्रिय

माैसम : पहाडी तथा तराई क्षेत्रका केही स्थानमा बदली हुने


माैसम  :  पहाडी  तथा  तराई  क्षेत्रका  केही  स्थानमा  बदली  हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम , कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

आज  दिउँसो  सुदूरपश्चिम  र  कर्णाली  प्रदेशको  पहाडी  भू-भागमा  आंशिक  देखि  सामान्य  बदली  रही  बाँकी  पहाडी  भूभागमा  आंशिक  बदली  र  तराई  भूभागमा  आंशिक  बदली  रहनेछ ।  देशका  उच्च  पहाडी  तथा   हिमाली  भूभागका  एक – दुई स्थानमा  हल्का  हिमपातको  सम्भावना  रहेको  छ । 

 आज  राति  भने  सुदूरपश्चिम ,  कर्णाली  र  गण्डकी प्रदेश  पहाडी भू भागमा  आंशिकदेखि  सामान्य  बदली  रहनेछ ।  देशका  उच्च  पहाडी  तथा  हिमाली  भूभागका  एक–दुई  स्थानमा  हल्का  हिमपातको  सम्भावना  रहेको  छ । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट