लोकप्रिय

लोकप्रिय

देश बिग्रियो भनेर अहिले नै निराश नबनौँ , कांग्रेस महामन्त्री थापा


देश  बिग्रियो  भनेर  अहिले  नै  निराश  नबनौँ ,  कांग्रेस  महामन्त्री  थापा

गुल्मी  ।  नेपाली  कांग्रे सका  महामन्त्री  गगन  थापाले  देश  बिग्रियो  भनेर  अहिले  नै  निराश  नबन्न  आग्रह  गर्नु  भएको  छ  ।  उहाँले  नेतृत्व  बदल्ने  सम्हाल्ने काम  युवाहरुको  काँधमा  आएको  भन्दै  अहिलेको  काम  गरिबी  र  बेरोजगारी  चिर्दै  र  हटाउँदै  सबैलाई  सम्हालेर  अघि  बढ्ने  बताउनु  भयो  । 

 महामन्त्री  थापाले  नागरिकहरुले  व्यवस्था  बदल्न  नचाहेको  तर  नेतृत्वको  अनुहार  र  आचरण  बदल्न  चाहेको  बताउनुभयो   शनिवार  गुल्मीको  सदरमुकाम तम्घासमा  शुरु  भएको  नेपाली  कांग्रेस  गुल्मीको  दोस्रो  जिल्ला  सम्मेलनलाई  सम्बोधन  गर्दै  कांग्रेस  नेता  थापाले  आउँदो  महाधिवेशनबाट  आफूहरुले  पार्टी सञ्चालनको  तरिका  बदल्न  चाहेको  बताउनुभयो  । 

उहाँले अबको निर्वाचनमा कांग्रेसले कुनै पनि दलहरुसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताउनु भयो । चुनाव हारे पनि फरक नपर्ने भन्दै नेता थापाले चुनाव हारिन्छ भनेर गठबन्धन गर्नु जस्तो राजनीतिक भ्रष्टाचार अब कांग्रेसले नगर्ने स्पष्ट पार्नु भयो ।

 आर्थिक ,  नैतिक  र  राजनीतिक  भ्रस्टाचार  सबैभन्दा  ठूलो  अपराध  भएको  भन्दै  उहाँले  त्यस्तो  अपराध  गर्ने  छुट  कसैलाई  पनि  नभएको  बताउनु  भयो  । गणतन्त्रमा  गणतन्त्रका  लागि  प्रश्न  गर्न  पाइन्छ  तर  प्रश्न  गरयो  भन्दैमा  कसैको  मुख  थुन्न  नपाइने  भन्दै  सरकारले  बोल्न  पाउने  हकको  सुरक्षा  गर्नु  पर्नेमा  जोड  दिनु  भएको  थियो  । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट