लोकप्रिय

लोकप्रिय

रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठक सम्पन्न , २१ सदस्यीय केन्द्रीय सचिवालय गठन


रास्वपा  केन्द्रीय  समिति  र  संसदीय  दलको  बैठक  सम्पन्न ,  २१  सदस्यीय  केन्द्रीय  सचिवालय  गठन

जनकपुरधाम, मङ्सिर १३ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज सम्पन्न भएको छ । महोत्तरीको जलेश्वरमा तीन दिनसम्म बसेको संयुक्त बैठकले पदाधिकारीसहित केन्द्रीय समिति विस्तार , सचिवालय गठन , पार्टीको मुख्य राजनीतिक मार्गसहित राजनीतिक दस्तावेजको प्रस्तावना पारित गर्दै सम्पन्न भएको पार्टीका सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिनुभयो ।

बैठकले  सभापति  रवि  लामिछानेको  राजनीतिक  प्रतिवेदन  र  महामन्त्री  डा  मुकुल  ढकालको  वैचारिक  प्रतिवेदनको  प्रस्तावना  पारित  गरेको छ  । यसैगरी  बैठकले पार्टीको  उपसभापतिमा  स्वर्णिम  वाग्ले , कोषाध्यक्षमा  लिमा  अधिकारी , सह–महामन्त्रीमा  सुमना  श्रेष्ठ  र  विपिन  आचार्य,  सहप्रवक्तामा  मनिष झा,  प्रतिभा  रावल  र रमेश  प्रसाईं  तथा  सह–कोषाध्यक्षमा  दीपक  बोहोरालाई  मनोनित  गर्ने  निर्णय  गरेको  छ  । 

 त्यसैगरी  १४  जना  सांसदलाई  केन्द्रीय  समिति  सदस्य  बनाउने  र  प्रदेश  सभापतिलाई  केन्द्रीय  समितिको पदेन  सदस्य  स्वीकार  गर्दै  केन्द्रीय  सदस्यमा  अनिल  केशरी शाह , राजन गौतम,  डा नन्दन  यादव,  पुकार बम  र  कामिनी  चौधरीलाई  मनोनीत  गर्ने  निर्णयसमेत  गरिएको  पार्टी  प्रवक्ता  एवं  महामन्त्री  डा ढकालद्वारा  जारी विज्ञप्तिमा  उल्लेख  छ  । 

 बैठकले  २१  सदस्यीय  केन्द्रीय  सचिवालय  गठन  गरेको  छ  ।  केन्द्रीय  सचिवालयमा  पदाधिकारी  सभापति  लामिछाने ,  उपसभापतिद्वय  डिपी  अर्याल  र  डा  स्वर्णिम वाग्ले,  महामन्त्री  डा ढकाल,  सहमहामन्त्रीत्रय  कवीन्द्र  बुर्लाकोटी , सुमना  श्रेष्ठ  र  विपिन  आचार्य,  कोषाध्यक्ष  लिमा  अधिकारी,  सहकोषाध्यक्षद्वय  वसुमाया  तामाङ  र दीपक  बोहोरा  रहेका  छन् ।

त्यसबाहेक  संसदीय  दलका  उपनेता  विराजभक्त  श्रेष्ठ  र प्रमुख  सचेतक  सन्तोष  परियारसमेत  सचिवालयमा  मनोनीत  हुनुभएको  छ  भने  बाँकी सदस्य  पछि  मनोनीत गरिने  विज्ञप्तिमा  उल्लेख  छ । 

   राजनीतिक  मार्ग  ‘बहुलवादी  लोकतन्त्र’    

 तीन  दिनसम्म  चलेको  बैठकले  पार्टीलाई  सामाजिक  न्यायसहितको  उदार  अर्थतन्त्रमा  विश्वास  गर्ने  ‘बहुलवादी  लोकतान्त्रिक’  हुने  समेत प्रष्ट  पारेको  छ ।  बैठकले पार्टीको  मूल  राजनीतिक  दस्तावेजको  प्रस्तावना  पारित  गर्दै  रास्वपाले  लोकतान्त्रिक  गणतन्त्रात्मक  शासन  प्रणालीमार्फत  नै  समावेशी  समाज  निर्माण  गर्ने  ध्येय रहेको  पनि  उल्लेख  छ  । 

“रास्वपा  सबै  नेपालीको  समतामूलक  उन्नतिप्रति  कटिबद्ध  सामाजिक  न्यायसहितको  उदार  अर्थतन्त्रमा  विश्वास  गर्ने  बहुलवादी  लोकतान्त्रिक  पार्टी  हो”,  संयुक्त  बैठकबाट  पारित  दस्ताबेजमा  भनिएको  छ,  “यसको  ध्येय  वैयक्तिक  स्वतन्त्रता  र  मौलिक  हकको  प्रत्याभूतिपूर्वक  पूर्ण  लोकतान्त्रिक  गणतन्त्रात्मक  शासन  प्रणालीभित्र  विधिमा  आधारित  जवाफदेहीपूर्ण  असल  शासनमार्फत  समन्यायिक  समावेशी  समाज  निर्माण  गर्नु  हो ।” 

त्यसैगरी  लोक  कल्याणकारी  राज्यको  सुनिश्चितताका  लागि  सार्वजनिक,  निजी  र  सामुदायिक  स्रोत–साधनको  दिगो  परिचालन  गर्दै  उद्यममैत्री,  लगानी  अनुकूल प्रतिस्पर्धात्मक  सामाजिक  बजा र  अर्थतन्त्रको  उन्नयनका  लागि  स्वच्छ  र  सुदृढ  नियमनकारी  संरचना  बनाई  राष्ट्रिय  आय  र  रोजगारीको  विस्तार , श्रमप्रति  समर्पित,  सामाजिक  पुँजीको  अभिवृद्धि  र  जलवायु  पर्यावरणीय  सन्तुलन  कायम  राख्न  पार्टी प्रतिबद्ध  रहेको  पनि  सो प्रस्तावनामा  उल्लेख  छ । 

रास्वपाले  नेपालको  इतिहास,  सनातन  सभ्यता,  धार्मिक–सांस्कृतिक  विविधतामा  आधारित  सहअस्तित्व  र  पारस्परिक  सम्मानमा  विश्वास  गर्नेसमेत  प्रस्तावनामा  उल्लेख  गरिएको  छ  । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट