लोकप्रिय

लोकप्रिय

सन्दीप लामिछानेद्वारा राष्ट्रिय क्रिकेटबाट अलग भएको घोषणा


सन्दीप  लामिछानेद्वारा  राष्ट्रिय  क्रिकेटबाट  अलग  भएको  घोषणा

काठमाडौँ, क्रिकेटर सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट नखेल्ने घोषणा गरेका छन् । जिल्ला अदालत काठमाडौँबाट बलात्कार मुद्दामा ८ वर्षको कैद सजायको फैसला भएसँगै लामिछानेले राष्ट्रिय टीमबाट अलग भएको घोषणा गरेका हुन् ।

उनले  नेपाल  क्रिकेट संघका  अध्यक्ष  चतरबहादुर  चन्द  र  सचिव  पारस  खड्कालाई  बुधबार  एक  पत्र  लेख्दै  यसबारे  जानकारी  गराएको  क्यान  स्रोतले  बताएको  छ  ।

उनले  जिल्लाको  फैसलाविरुद्ध  पुनरावेदन  जान  लागेको  र  त्यहाँबाट  निर्दोष  भएको  खण्डमा  पुनः  क्रिकेटमा  फर्किने  बाचा  पनि  गरेका  छन्  ।  अदालतबाट  निर्दोष प्रमाणित  नहुञ्जेलसम्म  क्यानले  राष्ट्रिय  क्रिकेट  टिमबाट  म  अलग्एिको  छु ।  म  आशा  गर्दछु  कि  क्यानले  यो  निर्णयलाई  सहज  रुपमा  लिनेछ’,  उनले  भनेका  छन्  । यसैबीच  सन्दीप  लामिछानेले आफू  आर्थिक  समस्यामा  परेको  भन्दै  क्यानबाट  रोकिएको  भुक्तानी  फुकुवा  गरिदिन  पनि  आग्रह  गरेका  छन्  ।   यस्तै  कम  खेलमा  नै १००  विकेट  लिने  विश्व कीर्तिमान  आफ्नो  नाम  बनेकामा  खुसी  व्यक्त  गर्दै  सन्दीपले  कतिपय  कठिन  समयमा  पनि  देशका  लागि  खेलेको  स्मरण  गरेका  छन्  ।  उनले आफू  काठमाडौँ  अदालतबाट दोषी  ठहर  भएपनि  न्यायका  लागि  फेरि  माथिल्लो  अदालतमा  जाने  समेत  बताएका  छन्  । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट