लोकप्रिय

लोकप्रिय

चितवनका जनताको गुनासो सम्बोधन हुन्छ : प्रकाश ज्वाला


चितवनका  जनताको  गुनासो  सम्बोधन  हुन्छ   :  प्रकाश   ज्वाला

चितवन, २८ पुस भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पूर्वपश्चिम रेलमार्ग निर्माणका क्रममा जनताका गुनासो सम्बोधन गर्दै सरकार अघि बढ्ने बताउनुभएको छ । यहाँ आज पत्रकारसँग कुरा गर्दै उहाँले रेलमार्ग अध्ययनका क्रममा बस्तीमा परेको भन्दै जनता आन्दोलित बनेको विषयमा सर्वपक्षीय छलफलबाट समस्याको समाधान निकाल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जनताको गुनासो सम्बोधन गरेर अघि बढ्छौँ । ” तत्काललाई अध्ययनको काम रोकिएको उहाँले जानकारी दिनुभयो ।

जनताको  असन्तुष्टि  गुनासाका  विषयमा  आफ्नो  ध्यानाकर्षण  भएको  उहाँले  बताउनुभयो  ।  उहाँले  भन्नुभयो,  “आज  हामी  यहाँको  अवस्था  के हो, के  कति  क्षति हुन्छ भन्ने  विषयमा  छलफलबाट  निष्कर्ष  निकाल्ने  छौँ  ।”  जनप्रतिनिधि , दलका  प्रतिनिधि  र  सरोकारवालाबीच  आजै  छलफल  गरिने  उहाँले  बताउनुभयो  ।  पूर्वपश्चिम  रेलमार्गाको  रेखाङ्कनको  विषयमा  आफूहरु  छलफलका  क्रममा  रहेको  उहाँले  बताउनुभयो  ।  विवाद  आइसकेपछि  काम  अहिलेका  लागि  स्थगित  गरिएको  उहाँको  भनाइ  छ  । 

वास्तविकता  के  हो  र  यसबाहेकका  विकल्प  के  हुनसक्छ  भन्ने  विषयमा  छलफल  गरेर  जनताको  गुनासो  सम्बोधन  हुने उहाँले  बताउनुभयो  ।  फरक  प्रसङ्गमा  मन्त्री ज्वालाले  सडक  निर्माणका  लागि  बजेटका  कारण  समस्या  भएको  बताउनुभयो  ।  सडक  निर्माणका  लागि  पर्याप्त  बजेट  नहुँदा  आयोजना  तीव्र  रुपमा  अघि  बढ्न  नसकेको  उहाँले  बताउनुभयो ।

उहाँले  भन्नुभयो,  “रु  ३७  अर्ब  बजेट  घटाइएको  छ , बजेट  घटेपछि  स्वाभाविकरुपमा  आयोजना  प्रभावित  भएका  छन् । ” बजेटको  अभाव  र  निर्माण  व्यवसायीको ढिलाइले  समेत  समस्या  भएको उहाँको  भनाइ  थियो  । यी  समस्या  समाधान  गर्दै  अघि  बढेको  उहाँले  बताउनुभयो  ।  बजेटका  विषयमा  अर्थ  मन्त्रालयसँग  छलफल गर्दै  देखिएका  समस्या  समाधान  गर्दै  मन्त्रालय  अघि  बढेको  उहाँले  बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट