काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले गौशाला २६ को तस्वीर भन्दै सार्वजनिक गर्ने एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सङ्खुवासभाका ३२ वर्षीया केशरमान राई रहेको नेपाल प्रहरीको साइबर ब्यूरोका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले
उहाँले भन्नुभयो, “गौशाला २६ को तस्वी र भन्दै सार्वजनिक गर्ने केशरमान राईलाई सङ्खुवासभा प्रहरीको सहयोगमा पक्राउ गरेका छौँ, विद्युतीय अपराध ऐन अनुसारको कसूरमा अनुसन्धान गर्न सात दिन म्याद थप समेत भएको छ ।”
सन्दीप लामिछाने बलात्कारको कसूरमा दोषी ठहर भई ८ वर्ष वर्ष जेल सजाय भएपछि पीडितको तस्वीरहरु भन्दै निज राईले सार्वजनिक गरेको प्रहरीले जनाएको छ । तस्विर सार्वजनिक भएका विषयमा अनुसन्धान गरिदिन भन्दै ब्यूरोलाई पीडित गौशाला २६ ले उजुरी दिएको बताइएको छ ।