काठमाडौँ । नेपाली नागरिकका तर्फबाट युवराज सफलले गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन एमडी रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दर्ता गराएका छन् । सहकारी ठगी प्रकरणमा राई र लामिछाने मुछिएको भन्दै आवश्यक छानबिन र कारबाहीको माग गर्दै उनले उजुरी दर्ता गराएको बताइएको छ । सहकारी ऐनभन्दा बाहिर गई कारोबार गरी सहकारी सम्बन्धी कसुरमा सम्लग्न उल्लेखित सहकारीका पदाधिकारी, सञ्चालक र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन ग्यालेक्सी टिभीका सञ्चालक र गोरखा मिडिया नेटवर्कका एमडी रवि लामिछानेलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न युवराज सफलद्धारा दिइएको निवेदनमा उल्लेख छ ।