लोकप्रिय

लोकप्रिय

यू–१९ विश्वकप : सुपर सिक्सको दोस्रो खेलमा आज भारतलाई चुनौती दिँदै नेपाल


यू–१९  विश्वकप  :  सुपर  सिक्सको  दोस्रो  खेलमा  आज  भारतलाई  चुनौती  दिँदै  नेपाल

काठमाडौं ।  आईसीसी  यू–१९  विश्वकप  क्रिकेट  प्रतियोगिताअन्तर्गत  सुपर  सिक्सको  दोस्रो  खेलमा  आज  नेपालले  भारतसँग  प्रतिस्पर्धा  गर्दैछ । 

खेल  नेपाली  समय  अनुसार  दिउँसो  १  बजेर  ४५  मिनेटमा  दक्षिण  अफ्रिकाको  ब्लुम्फोन्टिन  मैदानमा  हुनेछ । 

सुपर  सिक्सका  दुई  खेल  अगावै  विश्वकपको  सेमिफाइनल  दौडबाट  बाहिरिएको  नेपालका  लागि  यो  अन्तिम  खेल  हो । 
  
सुपर  सिक्सको  पहिलो  खेलमा  नेपाल  बंगलादेशसँग  पराजित  भएको  छ  ।  बुधबार  भएको  खेलमा  बंगलादेशसँग  नेपाल  ५  विकेटले  पराजित  भएको  हो  ।  नेपालले  दिएको  १  सय  ७०  रनको  लक्ष्य  बंगलादेशले  २५  ओभर  २  बलमा  ५  विकेट  गुमाउँदै  पूरा  गरेको  थियो । 
 
दक्षिण  अफ्रिकामा  जारी  विश्वकपमा  नेपाल  समूह  चरणको  पहिलो  खेलमा  न्युजिल्याण्डसँग  ६४  रनले  पराजित  भएको  थियो  भने  दोस्रो  खेलमा  पाकिस्तानसँग ५  विकेटले  पराजित  भएको  नेपाल  समूह  चरणको  अन्तिम  खेलमा  अफगानिस्तानलाई  पराजित  गर्दै  सुपर  सिक्समा  प्रवेश  गरेको  थियो । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट