लोकप्रिय

लोकप्रिय

आजदेखि एसईई परीक्षा , ५ लाख बढी परीक्षार्थी सहभागी हुँदै


आजदेखि  एसईई  परीक्षा ,  ५ लाख  बढी   परीक्षार्थी  सहभागी हुँदै

काठमाडौँ  ।   यस वर्षको  माध्यामिक  शिक्षा  परीक्षा  (एसईई)  आजबाट  सुरु  हुँदैछ  ।  परीक्षा  बिहान  ८  देखि  ११  बजेसम्म  चल्नेछ । 

यस  वर्षको  परीक्षामा  सामुदायिक  तथा  संस्थागत  विद्यालयबाट  ५  लाख  चार  हजार  ४१४  परीक्षार्थी  सहभागी  हुने  राष्ट्रिय परीक्षा  बोर्डले  जनाएको  छ ।  जसमा  २  लाख  ५०  हजार  ७७२  छात्रा ,  २ लाख  ५३  हजार  ६२७  छात्र  र  अन्य  १५  जना  छन् । 

परीक्षाका  लागि  २  हजार  ६४  परीक्षा  केन्द्र  निर्धारण  गरिएको  छ  ।  जसमा  सबैभन्दा  कम  मनाङ  र  मुस्ताङमा  एक–एक  तथा  सबैभन्दा  बढी  काठमाडौँमा  १२७ परीक्षा  केन्द्र  तोकिएका  छन्  । 

 यस  वर्ष  जापानमा  पनि  एक  परीक्षा  केन्द्र  तोकिएको  छ  ।  जहाँबाट  २३  जना  विद्यार्थी  सहभागी  हुने  छन् । 

बोर्डले  यसपटकबाट  परीक्षाको  नतिजाको  प्रणाली  परिवर्तन  गरेको  छ  ।  बोर्डले  यस  वर्षको  परीक्षामा  लेटर  ग्रडिङ  निर्देशिका  २०७८  लागू  गरेको  छ । 

यो  प्रणाली  अन्तर्गत  विद्यार्थीले  सैद्धान्तिकमा  ३५  र  प्रयोगात्मकमा  ४०  अंक  ल्याउनै  पर्ने  छ । 

३५  प्रतिशतभन्दा  कम  अंक  ल्याउने  विद्यार्थीले  कक्षा  ११  मा  भर्ना  हुन  पाउने  छैनन्  ।  उनीहरुले  पुनः  मौका  परीक्षा  दिनुपर्ने छ । 

विगतका  वर्षमा  सैद्धान्तिक  र  प्रयोगात्मक  दुवै  जोडेर  ३५  प्रतिशत  अंक  ल्याए  पुग्ने  प्रावधान  थियो  ।  परीक्षा  चैत  २७  गतेसम्म  चल्नेछ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट