लोकप्रिय

लोकप्रिय

प्रतिनिधिसभा बैठक बस्दै , बजेटमा मन्त्रालयगत छलफल हुने


प्रतिनिधिसभा  बैठक  बस्दै , बजेटमा  मन्त्रालयगत  छलफल  हुने

काठमाडौं ।

 संघीय  संसद  अन्तर्गत  प्रतिनिधिसभाको  बैठक  बस्दैछ  । बैठक  बिहान  ११  बजे  संसद  भवन  नयाँ  बनेश्वरमा  बस्नेछ । 

आजको  बैठकमा  विनियोजन  विधेयक , २०८१  को  विभिन्न  शीर्षकहरूमाथि  मन्त्रालयगत  छलफल  हुने  कार्यसूची  रहेको  छ । 

आज  वन  तथा  वातावरण,  युवा  तथा  खेलकुद,  शिक्षा,  विज्ञान  तथा  प्रविधि  र  श्रम  रोजगार  तथा  सामाजिक  सुरक्षा  मन्त्रालय  अन्तर्गत  विभिन्न  शीर्षकमाथि  छलफल हुने  संसद  सचिवालयले  जनाएको  छ । 

बैठकमा  सांसद  प्रेम  सुवालले  ‘विनियोजन  विधेयक ,  २०८१   अन्तर्गत  वन  तथा  वातावरण  मन्त्रालय,  युवा  तथा  खेलकुद  मन्त्रालय,  शिक्षा,  विज्ञान  तथा  प्रविधि मन्त्रालय  र  श्रम,  रोजगार  तथा  सामाजिक  सुरक्षा  मन्त्रालय  शीर्षकको  खर्च  रकममा  उल्लिखित  रकम  घटाइयोस्’  भनी  खर्च  कटौतीको  प्रस्ताव  प्रस्तुत  गर्ने  छन् । 

सांसद  अमरेश  कुमार  सिंहले  उक्त  मन्त्रालयहरु  शीर्षकको  खर्च  रकम  घटाइ  एक  रुपैयाँ  गरियोस  भनी  खर्च  कटौतीको  प्रस्ताव  प्रस्तुत  गर्ने  कार्यसूची  रहेको  छ । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट