लोकप्रिय

लोकप्रिय

राजनीति गर्ने शिक्षकलाई कारबाही गर्न खोज्दा सरकार नै फेर्न खोजियो : शिक्षामन्त्री श्रेष्ठ


राजनीति  गर्ने  शिक्षकलाई  कारबाही  गर्न  खोज्दा  सरकार  नै  फेर्न  खोजियो   : शिक्षामन्त्री  श्रेष्ठ

काठमाडौं 

शिक्षामन्त्री  सुमना  श्रेष्ठले  राजनीतिमा  लागेका  शिक्षकलाई  कारबाही  गर्न  खोज्दा  सरकार  नै  परिवर्तन  गर्न  खोजिएको  बताएकी  छन् ।

बिहीबार  साँझ  सामाजिक  सञ्जालमार्फत  नेकपा  एमालेका  अध्यक्ष  केपी  ओलीको  नाम  उल्लेख  गर्दै  मन्त्री  श्रेष्ठले  राजनीतिमा  लागेका  शिक्षकलाई  कारबाही  गर्दा सरकार  नै  परिवर्तन  गर्न  खोजेको  आरोप  लगाएकी  हुन् । 

 

उनले  लेखेकी  छन् , ‘आदरणीय  केपी  बा !  शिक्षकले  राम्रो  नपढाँउदा  एसईईको  नतिजा  राम्रो  भएन  भनेर  प्रतिक्रिया  दिनुभएछ।  अनि  राजनीतिमा  लागेका शिक्षकलाई  कारबाही  गर्छु  भनेर  मैले फाइल  अगाडि  बढाउँदा  सरकारनै  परिवर्तन  गर्न खोज्ने।  तपाइँको  शिक्षकले  तपाइँकै  पार्टीको  सिद्धान्त  पढाए  मात्र  हो  अब।’

नेकपा  एमालेनिकट  विद्यार्थी  सङ्गठन  अनेरास्ववियु  रुपन्देहीले  एसइई  परीक्षामा  उत्कृष्ट  नतिजा  ल्याएका  विद्यार्थीको  सम्मानमा  बुटवलमा  आयोजना  गरेको  कार्यक्रममा  अध्यक्ष  ओलीले  शिक्षकका  कारण  एसईईको  नतिजा  राम्रो  नभएको बताएका  थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट