लोकप्रिय

लोकप्रिय

नेपाल बैँकद्वारा प्रधानमन्त्री उद्धार कोषमा दुई करोड रुपैयाँ सहयोग


नेपाल  बैँकद्वारा  प्रधानमन्त्री  उद्धार  कोषमा  दुई  करोड  रुपैयाँ  सहयोग

काठमाडौँ । नेपाल बैँक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रुपैयाँ सहयोग गरेको छ ।

नेपाल  बैँक सञ्चालक समितिका अध्यक्ष  डा चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले प्रधानमन्त्री  केपी शर्मा ओलीसमक्ष आज  उक्त चेक हस्तान्तरण गरे । बाढी, पहिरो र डुबानका  कारण प्रभावित जनताको राहतका  लागि बैंकले उक्त सहयोग गरेको हो ।

सो अवसरमा प्रधानमन्त्री  ओलीले धन्यवाद दिँदै  लगानीकर्ता र उद्योगधन्धालाई प्रोत्साहन हुने  गरी कर्जा प्रवाह गर्न र खराब कर्जाप्रति कडाइका  साथ काम गर्न  आग्रह गरे । उनले कसैको अनुहार नहेरी प्रणाली र कानुनअनुसार काम गर्न पनि आग्रह गरे ।

यसअघि शुक्रबार  विभिन्न वित्तीय संस्थाबाट  गरी तीन करोड ४८ लाख  रुपैयाँको चेक  हस्तान्तरण  भएको थियो ।

मन्त्रिपरिषद्को  गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिक रुपमा एक  अर्ब रुपैयाँ रकम जम्मा गर्ने निर्णय  गरेको थियो । कोषमा अन्य संस्था र व्यक्तिहरुबाट सहयोगको  क्रम जारी छ  । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट