लोकप्रिय

लोकप्रिय

संसदको विशेष अधिवेशन बोलाउन रास्वपाको माग


संसदको  विशेष  अधिवेशन बोलाउन  रास्वपाको  माग

३०  असोज, काठमाडौं ।  राष्ट्रिय  स्वतन्त्र पार्टी  (रास्वपा)ले प्रतिनिधि सभाको  विशेष अधिवेशन  बोलाउन माग  गरेको  छ ।

रास्वपाका  कार्यबाहक प्रवक्ता मनिष झाले  बुधबार विज्ञप्ति जारी गर्दै मुद्दा खेपिरहेका  व्यापारीबाट करौडौंको जग्गा  दान लिएर सत्ताको नेतृत्व गर्ने दलले  नै स्वार्थको  द्वन्द्वको डरलाग्दो  अभ्यास  गरेको  बताएका हुन् ।

आम  नागरिकमा चरम असन्तुष्टि  र उद्यमी व्यवसायीहरुमा निराशा रहेको भन्दै वक्तव्यमा  भनिएको छ, आत्मविश्वास र  दक्षता स्खलित हुँदा दुई  तिहाईको  सरकार  काम चलाउ  जस्तो देखिन्छ । सरकारलाई निगरानी गर्नुपर्ने संसदीय समितिहरु  समेत सत्ता पक्षीय बहुमतको बन्धक भएका छन् ।’

यस्तो  बेला जनप्रतिनिधि  मौन बस्न नमिल्ने  भन्दै रास्वपाले संसदको विशेष  अधिवेशनका  लागि  दलहरुलाई  अपील गरेको छ ।

प्रतिनिधिसभा  नियमावली अनुसार कुल सदस्य (२७५ ) को एक चौथाई (६९) ले राष्ट्रपति समक्ष विशेष अधिवेशन आह्वानका  लागि आवेदन  दिनसक्छन् । संसदको  दुई ठूला दल कांग्रेस र एमाले मिलेर  बनेको सरकारमा लोसपा र नाउपा सरकारमै छ भने जनमतको समर्थन छ  । 

विशेष  अधिवेशन  आह्वानका लागि आवेदन दिन समेत विपक्षमा रहेका सबै दल माओवादी ( ३२), रास्वपा (२१), राप्रपा (१४) र एकीकृत समाजवादी (१०)  मिल्नुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट