सृजना ज्ञानसागर मा बि ले "श्रीमद्धभागवत गीता वाचन तथा पुरस्कार वितरण र विद्यार्थी सम्मान कार्यक्रम" हर्षोल्लासका साथ सम्पन्न गरेको छ । यस विद्यालयमा विद्यार्थीहरूलाई श्रीमद्धभागवत गीता मार्फत जीवन दर्शनलाई बुझ्न र त्यसलाई कार्यन्वन गर्नका लागि गीता कक्षा संचालन गरिएको छ, ताकी विद्यार्थीहरू, अर्थपूर्ण जीवनका लागि सक्षम हुन सकुन भन्ने विद्यालयका प्राचार्य राजेन्द्र प्रसाद फुयालको भनाइ छ । शान्तिधामका पिठाधीस तथा अनन्त विभूषित स्वामी श्री चतुर्भुजाचार्य चुडामणि महाराजको प्रमुख आतिथ्य मा सम्पन्न भएको उक्त कार्यक्रममा निर्णायकमा कमल नेपाल रहनु भएको थियो भने श्रीमद्धभागवत गीता वाचन प्रतियोगितामा यसै विद्यालयका कक्षा ५ देखि कक्षा ९सम्मका विद्यार्थी हरुले सहभागिता जनाएका थिए । यस प्रतियोगितामा प्रथम , द्वितीय र तृतीय हुने विद्यार्थीलाई नगद सहित प्रमाणपत्रका साथ सम्मान गरिएको थियो। र अन्य पुरस्कार वितरण ३ चरणमा भएको थियो |
१) यस शैक्षिक सत्र २०८१ मा अंतर कक्षा तथा विद्यार्थी क्लव प्रतिस्पर्धाबाट
पुरस्कृत भएका विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र वितरण,
२) विभिन्न विधाहरूमा अंतर-विद्यालय (नगर, जिल्ला र उपत्यका व्यापी)
ECA/CCA प्रतिस्पर्धामा विजयी विद्यार्थीहरूलाई सम्मान तथा मायाको चिनो
र नगद पुरस्कार बितरण,
३) श्रीमद्धभागवत गीता वाचन प्रतियोगितामा भाग लिएका विद्यार्थीहरूलाई
सम्मान र विजयीहरूलाई नगद पुरस्कार वितरण ।
अन्य अतिथिहरु , अभिभावकहरु र पत्रकारहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा बिद्यार्थीद्वारा नृत्य प्रस्तुत गरि मनोरञ्जन प्रदान गरिएको थियो।