लोकप्रिय

लोकप्रिय

कस्तो रहला आज दिनभरको मौसम ?


कस्तो  रहला  आज  दिनभरको  मौसम ?

काठमाडौं । जल तथा मौसम विज्ञान  विभाग मौसम पूर्वानुमान  महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । यसका साथै  अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।

महाशाखाका  अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था  रहेको छ । कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै  स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो  देशको  पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली  रही बाँकी भूभागमा आंशिक बदली रहने छ । देशको पहाडी  भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली  भूभागका एकदुई स्थानमा  हल्का वर्षा र हिमपातको सम्भावना छ ।

आज राति देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया  बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने छ ।

कोशी  प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी  भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट