लोकप्रिय

लोकप्रिय

गण्डकी कोटिहोम महायज्ञको शुभारम्भ : क्षमा, भुमि पुजन र यज्ञ कुण्डको खनन


गण्डकी कोटिहोम महायज्ञको शुभारम्भ : क्षमा, भुमि पुजन र यज्ञ कुण्डको खनन

पोखरा महानगरपालिका वडा नं १७ को विरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको एकै दिन तीन ओटा महत्वपूर्ण शुभ कार्य सम्पन्न भएको छ ।

कोटिहोम महायज्ञको लागि गत महिना २३ गते कोटिहोम महायज्ञको लागि तय भएको स्थानमा भूमी पुजन सम्पन्न गरेतापनि विविध कारणले कोटिहोम महायज्ञको स्थान परिवर्तन हुन पुगेको थियो ।

पोखरा ६ को लेकसाइड क्षेत्रको बाराहीघाटमा स्थान परिवर्तन गर्नुपरेका कारण बाराहीघाटमा बिहान क्षमा पुजन सम्पन्न भएको छ । 

त्यस्तै पुनः ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ सञ्चालन हुने श्री शिद्धेश्वर हरिहर मन्दिरको भूमीमा आज बिहान ठीक ११ बजेर १ मिनेटमा भूमी पुजन गरिएको छ । नेपाल पञ्चाङ्ग विकास समिती नेपालले दिएको उत्तम साइतमा नै भूमी पुजनको कार्य सम्पन्न भएको छ । 
त्यस्तै यज्ञ पनि खनिएको छ ।

हिजो ११ः११ बजे विधिवत रुपमा यज्ञ कुण्ड खनिएको हो । हिजो भएको उक्त भूमी पुजन कार्यक्रममा विभिन्न स्वामी ज्यू ,

wefwe.png
undefined

पोखरा महानगरपालिका १७ का अध्यक्ष राधिका शाही,वार्ड नं। १७ मा रहेका विभिन्न सामाजिक संघसस्थाका प्रतिनिधी अनि आमा समूहका प्रतिनीधिहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट