काठमाडौं ,
भारतले पाकिस्तानी नागरिकलाई भिसा दिन रोक लगाएको छ। जम्मू कश्मिरमा २६ जनाको ज्यान जानेगरी आतंककारी आक्रमण भएपछि भारतले पाकिस्तानी नागरिकलाई भिसा दिन रोक लगाएको हो।
भारतीय खुफिया एजेन्सीहरूले उक्त आक्रमणमा पाकिस्तानी आतंककारी संगठन लश्करएतोयबाको संलग्नता पुष्टि गरेपछि भारतले यस्तो निर्णय गरेको हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षासम्बन्धी मन्त्रिपरिषद् समितिको उच्चस्तरीय बैठकले पाकिस्तानसँगको कूटनीतिक सम्बन्ध पनि अन्त्य गर्ने विदेश सचिव विक्रम मिश्रीले जानकारी दिए।
भारतको विदेश मन्त्रालयले बुधबार राति पत्रकार सम्मेलन गर्दै भारतमा रहेका पाकिस्तानी नागरिकलाई ४८ घन्टाभित्र देश छोड्न निर्देशन पनि दिएको छ।