लोकप्रिय

लोकप्रिय

कालिका नगरपालिमा आयोजना गरिएको निशुल्क बाथरोग शिविरमा १ सय ४ जनाले स्वास्थ्य परीक्षण गराए


कालिका नगरपालिमा आयोजना गरिएको निशुल्क बाथरोग शिविरमा १ सय ४ जनाले स्वास्थ्य परीक्षण गराए

बैशाख १३ चितवन,

बाथका विरामीलाई लक्षित गरेर कालिका नगरपालिमा एकदिने निशुल्क बाथरोग शिविर आयोजना गरिएको छ 

493889778_537082199453415_5491885773971421021_n (1).jpg

कालिका नगरपालिकाको समन्वयमा अल्पाईन पोलिक्लिनिक प्रा।लिले शिविर आयोजना गरेको हो । वडा नं। ४ स्थित पदमपुर स्वास्थ्य चौकी ९हेल्थपोष्ट०मा आयोजना गरिएको शिविरको उद्घाटन नगर प्रमुख विनोद रेग्मीले गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।

492355786_537084406119861_6321857187677743676_n.jpg

स्वास्थ्य क्षेत्रलाई सहज बनाउन नगर अस्पताललाई व्यवस्थित बनाउने अभियानमा आफुहरु जुटेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख रेग्मीले बेला बेला विभिन्न संघसंस्थासंगको सहकार्यमा विभिन्न खालका स्वास्थ्य शिविर समेत संचालनगर्दै आएको जानकारी दिनुभयो ।

493469529_537083762786592_7249406840690193732_n.jpg

वडा नं। ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा नगर उपप्रमुख विमला तामाङ, वरिष्ठ बाथरोग विशेषज्ञ डा।प्रयुश शर्मा, डा।विधान न्यौपाने, कालिका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारी लगायत उपस्थित रहनुभएको थियो ।

शिविरमा ६५ जना महिला सहित १ सय ४ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । स्वास्थ्य परीक्षणको क्रममा २० भन्दाबढीमा बाथ रोग देखिएको छ । यस्तै ५ जनामा सुगर समेत भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट