लोकप्रिय

लोकप्रिय

भरतपुरमा रहेको सिद्धिबिनायक माध्यमिक विद्यालयमा विद्यार्थीहरु बिच स्कुल क्याप्टेन पदको  निर्वाचन सम्पन्न 


भरतपुरमा रहेको सिद्धिबिनायक माध्यमिक विद्यालयमा विद्यार्थीहरु बिच स्कुल क्याप्टेन पदको  निर्वाचन सम्पन्न 

भरतपुर, जेठ २४,भरतपुरमा रहेको सिद्धिबिनायक माध्यमिक विद्यालयमा विद्यार्थीहरु बिच स्कुल क्याप्टेन पदको  निर्वाचन सम्पन्न भएको छ ।

WhatsApp Image 2025-06-07 at 7.36.39 AM.jpeg

उक्त क्याप्टेन पदको निर्वाचनमा कक्षा १२ की रितु ढकाल विजयी भएकी छन्। उनले १३५ मत प्राप्त गर्दै दुई प्रतिस्पर्धीलाई पछि पारिन्। ‘मादल’ चिन्हबाट चुनाव लडेकी ढकाल विद्यालयको प्रमुख विद्यार्थी प्रतिनिधि ९स्कुल मनिटर० बन्न सफल भएकी हुन्। त्यस्तै, स्कुल ब्वाइस क्याप्टेन पदमा कक्षा १० का निसान श्रेष्ठ विजयी भएका छन्।

WhatsApp Image 2025-06-07 at 7.36.39 AM (1).jpeg

उनले १५७ मत प्राप्त गर्दै अन्य दुई प्रतिस्पर्धीलाई पराजित गरे। निसानले ‘परेवा’ चिन्हबाट प्रतिस्पर्धा गरेका थिए। हाउस क्याप्टेन पदमा ब्लु हाउस क्याप्टेन कक्षा ९ की सन्जु गुरुङ, ग्रीन हाउस क्याप्टेन कक्षा ८ का रमन गजमेर, रेड हाउस क्याप्टेन कक्षा ८ की आशिका खड्का, एलो हाउस क्याप्टेन र कक्षा ८ की कामना तमाङ विजयी भएका छन् । स्कुल ब्याच, प्रमाण पत्र एवं सफत ग्रहण र पदस्थापन आइतबार हुने विद्यालयले जनाएको छ ।

WhatsApp Image 2025-06-07 at 7.36.38 AM (1).jpeg

उक्त निर्वाचनमा छात्ररछात्राहरूको उत्साहजनक सहभागिता देखिएको थियो। विद्यालय प्रशासनले विद्यार्थीहरूमा लोकतान्त्रिक अभ्यास र नेतृत्व विकासको उद्देश्यले यस्तो निर्वाचन आयोजना गर्दै आएको हो।

WhatsApp Image 2025-06-07 at 7.36.37 AM (2).jpeg

उक्त क्याप्टेन पदको निर्वाचन समितिमा निर्वाचन प्रमुख स्कुलका प्राध्यापक शिव कोइराला, मतदान अधिकृत क केन्द्र कलाधर ढकाल, मतदान अधिकृत ख केन्द्र बिरेन्द्र अधिकारि, प्रमुख परिवेक्षक सहप्राध्यापक राजकुमार रेग्मी, बुध प्रतिनिधी क केन्द्र सरस्वती पोख्रेल, बुध प्रतिनिधी ख केन्द्र रिता लामीछाने, उमेद्वार दर्ता समिति नारायणी लामिछाने र सृजना पौडेल, मतगणना व्यवस्थापक सुनिल गौतम बिमल के। सी, सुरक्षा व्यवस्था प्रमुख सुस्मिता हिताल, सुचना अधिकृत प्रेम गुरुङ र प्रेस संयोजन समिति प्रमुख सुनिल शर्मा रहेका थिए|

WhatsApp Image 2025-06-07 at 7.36.38 AM.jpeg

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट