एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने र चुनाव चिन्ह पाँच कुने तारा अपनाउने सहमति भएको बताइएको छ। माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले हिजो एकतासम्बन्धी प्रस्ताव पारित गरेर त्यसको बाटो खुला गरेको थियो।
तर, सबै पक्ष यो एकतासँग सन्तुष्ट छैनन्। माओवादी केन्द्रभित्रका जनार्दन शर्मा समूहले एकताको विरोध गर्दै छुट्टै अभियान सुरु गरिसकेको छ। उता समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल पनि एकता प्रक्रियामा सहभागी नहुने भएका छन्।
यद्यपि माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावललगायत अन्य असन्तुष्ट नेताहरूलाई समेत एकता प्रक्रियामा सामेल गराउने प्रयास भइरहेको दाबी गरेका छन्।