सुदूरपश्चिमका लागि हर्मित सिंहले २० बलमा ५३ रनको आक्रामक अर्धशतक प्रहार गरे । त्यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरी ३५, आरिफ शेख २५ र इसान पाण्डेले ११ रन बनाए ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई १४८ रनको लक्ष्य दिएको छ । बुधबार टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको हो ।