लोकप्रिय

लोकप्रिय

मकवानपुरगढी जेसिजले सम्पन्न गर्‍यो तेस्रो पदस्थापना कार्यक्रम


Saptarangilive
  • मकवानपुरगढी जेसिजले सम्पन्न गर्‍यो तेस्रो पदस्थापना कार्यक्रम
     
    माघ - ०८, मकवानपुर । मकवानपुरगढी जेसिजको तेस्रो पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । नेपाल जेसिज २०२६ का अध्यक्ष जीवन कार्कीको उपस्थितिमा मकवानपुरगढी जेसिज सन्  २०२६ को लागि अध्यक्ष इरोज न्यौपानेले पदस्थापना तथा सपथ ग्रहण गरेका हुन् । 
    1000066477.jpg
    कार्यक्रममा नेपाल जेसिजका अध्यक्ष कार्कीले नेतृत्व र व्यक्तित्व विकासमा जेसिजको भूमिका महत्त्वपूर्ण रहने बताए । नयाँ सोच नयाँ दृष्टिकोण र कल्पनाले समाजलाई सकारात्मक बनाउने भएकोले सही मार्गमा युवाको लगाव राख्न उनले आग्रह गरे । "समाजको अपेक्षा भरोसा अनुसार काम गर्नुस" उनले भने ।
    1000066474.jpg
    मकवानपुरगढी जेसिजको बर्ष २०२६ को लागि कार्याकारीणी उपाध्यक्षहरू  सुबास अधिकारी र सुजन सापकोटा , उपाध्यक्षहरू किरण खनाल, पुष्कर बहादुर घिमिरे, निश्चल चौलागाईं र बिनम्र अधिकारी चयन भएका छन् भने  महासचिव सुनिल पाख्रीन,कानुन सल्लाहकार रोहित पुडासैनी ,कोषाध्यक्ष सन्तोष न्यौपाने चयन भएको मकवानपुरगढी जेसिजका संस्थापक अध्यक्ष पुष्पराज पुडासैनीले बताएका छ्न  । 
    1000066476.jpg
    कार्यक्रममा मकवानपुरगढी जेसिजलाई मातृत्व प्रदान गर्ने पालुङ जेसिज बर्ष २०२५ को अध्यक्ष माधव कार्की, हेटौंडा जेसिज बर्ष २०२६ का अध्यक्ष सन्तोष पराजुली, पत्रकारमसंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी समेतको उपस्थिति रहेको थियो । 
     
     
     
     
     
     
     
     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार
    ताजा अपडेट
    ट्रेन्डिङ

    ताजा अपडेट