लोकप्रिय

लोकप्रिय

बागमती प्रदेशका मुख्यमन्त्री र इजरायली राजदुत बिच भेटवार्ता


Saptarangilive
  • बागमती प्रदेशका मुख्यमन्त्री र इजरायली राजदुत बिच  भेटवार्ता
    माघ - ०९,काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपालका लागि इजरायली राजदूत शमुलिक एरी बास, उप–मिशन प्रमुख जानान बेबर, तथा किनेरेट एकेडेमी, इजरायलका प्रतिनिधि नरेन्द्र थापासँग औपचारिक भेटवार्ता गरेका छ्न।
    IMG-20260123-WA0004.jpg
    उक्त भेटमा बागमती प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परिषद् (PCTEVT) की प्रमुख कार्यकारी निर्देशक शान्ति लामा (गुरुङ), अरावा नेपाल मोडर्न एग्रिकल्चर कम्पनी लिमिटेडका अध्यक्ष कृष्ण प्रसाद बजगाईं, तथा रामशरण पौडेलको उपस्थिति रहेको थियो।भेटका क्रममा सहभागीहरूबीच कृषि आदान–प्रदान कार्यक्रम (Agricultural Exchange – Learn and Earn Program) लगायत आगामी दिनमा बागमती प्रदेश सरकार र इजरायली साझेदार संस्थाहरूबीच हुन सक्ने सहकार्यका विषयमा विस्तृत छलफल भएको थियो। छलफलमा कृषि शिक्षा, आधुनिक कृषि प्रविधिको विस्तार, उद्यमशीलता विकास तथा औद्योगिक प्रगतिका क्षेत्रमा सहकार्य गर्ने विषयमा विशेष जोड दिइयो।
    IMG-20260123-WA0002.jpg
    प्रदेशका मुख्यमन्त्री सहितको उक्त भेटमा आगामी दिनमा बागमती प्रदेशभित्रका जनतालाई आधुनिक कृषि प्रविधिको पहुँच विस्तार गर्ने, सीप विकास गर्ने, तथा यसमार्फत दिगो विकास र आर्थिक समृद्धिमा योगदान पुर्‍याउने विषयमा साझा समझदारी कायम गरिएको र  प्रदेशभित्रका अस्पताल तथा सार्वजनिक संस्थाहरूलाई अझ व्यवस्थित र सुदृढ बनाउँदै अघि बढ्ने विषयमा पनि सहमति भएको अध्यक्ष बजगाईंले बताएका छ्न ।
     
     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार
    ताजा अपडेट
    ट्रेन्डिङ

    ताजा अपडेट