लोकप्रिय

लोकप्रिय

मिनीट्रकको छतमा फल्स बटम बनाएर गाँजा तस्करी, ४५४ केजी गाँजासहित ललितपुरका तामाङ पक्राउ


Saptarangilive
  • मिनीट्रकको छतमा फल्स बटम बनाएर गाँजा तस्करी, ४५४ केजी गाँजासहित ललितपुरका  तामाङ पक्राउ
    श्रावण -१३, महोत्तरी  । मिनीट्रकको छतमा फल्स बटम (नक्कली छत) बनाई लुकाएर लादै गरेको धेरै परिमाणको गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
    1000114035.jpg
    लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिवासबाट खटिएको प्रहरी टोलीले ४५४ किलोग्राम गाँजा बरामद गरेको हो।शंका लागि रोकी जाँच गर्ने क्रममा सिन्धुलीको भिमानबाट महोत्तरीतर्फ जाँदै गरेको बा ४ ख ५६९२ नम्बरको मिनीट्रकबाट उक्त लागूऔषध फेला परेको ब्यूरोले जनाएको छ। ट्रकको छतभित्र फल्स बटम बनाई ६० वटा पोकामा गाँजा लुकाएर राखेको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।
    1000113981.jpg
    पक्राउ पर्नेमा ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. ३ ठेगाना भएका बर्ष २६ का  विश्व तामाङ रहेको प्रहरीले बताएको छ । बर्दिवास नगरपालिका वडा नं. ३ बाट बरामद भएका सामानहरू ,लागू औषध गाँजा: ४५४ किलोग्राम, मिनी ट्रक १ थान ,सवारी चालक अनुमति पत्र (लाइसेन्स) १ थान,सवारी दर्ता किताब (ब्लूबुक)१ थान मोबाइल फोन: १ थान रहेको छ । पक्राउ परेका तामाङलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बर्दिवास, महोत्तरीमा बुझाइएको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ।
     

     
     
     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    ताजा अपडेट