लोकप्रिय

लोकप्रिय

गोपालचोकमा दुई चितुवा अझै बस्ती वरपर, स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह


गोपालचोकमा दुई चितुवा अझै बस्ती वरपर, स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह

चितवन, साउन १६ — चितवनको गोपालचोक क्षेत्रमा क्यामेरा ट्र्यापमा देखिएका तीन चितुवामध्ये एउटा बच्चा चितुवा डिभिजन वन कार्यालय, चितवनले राखेको खोरमा परेको छ।

 तर अन्य दुई चितुवा अझै पनि बस्ती आसपास हिँडडुल गरिरहेको देखिएपछि स्थानीयमा त्रास फैलिएको छ।
वन क्षेत्रसँग जोडिएका बस्तीमा चितुवाको आवतजावत बढेकाले स्थानीयलाई विशेष सावधानी अपनाउन डिभिजन वन कार्यालयले आग्रह गरेको छ। साँझ र रातको समयमा एक्लै बाहिर ननिस्किन, बालबालिकालाई निगरानीबिना घर बाहिर नछोड्न, घरपालुवा जनावरलाई सुरक्षित गोठमा राख्न तथा झाडी र वन क्षेत्र नजिक अनावश्यक रूपमा नजान अनुरोध गरिएको छ।

WhatsApp Image 2026-07-31 at 4.30.08 PM.jpeg


चितुवा देखिएमा त्यसलाई लखेट्ने, जिस्क्याउने वा भीड जम्मा गर्ने कार्य नगरी तत्काल डिभिजन वन कार्यालय, चितवन वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरिएको छ। यस्ता गतिविधिले मानव र वन्यजन्तु दुवैको सुरक्षामा जोखिम बढाउन सक्छ।
जनचेतना सन्देश:
चितुवा देखिएमा शान्त रहनुहोस्, नजिक नजानुहोस्।
बालबालिका र वृद्धवृद्धालाई एक्लै बाहिर नपठाउनुहोस्।
घरपालुवा जनावरलाई राति सुरक्षित स्थानमा राख्नुहोस्।
कुनै पनि सूचना लुकाउने होइन, सम्बन्धित निकायलाई तुरुन्त जानकारी दिनुहोस्।
वन्यजन्तुको संरक्षणसँगै मानव सुरक्षालाई पनि समान प्राथमिकता दिऔँ।

फोटो स्रोत: डिभिजन वन कार्यालय, चितवन

WhatsApp Image 2026-07-31 at 4.30.55 PM.jpeg

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

ताजा अपडेट