लोकप्रिय

लोकप्रिय

टी – २० विश्वकप छनोट : आज नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा , अन्य तीन खेल पनि हुने


टी – २० विश्वकप  छनोट  :  आज  नेपाल  र  सिंगापुरबीच  प्रतिस्पर्धा , अन्य  तीन खेल  पनि  हुने

काठमाडौँ  ।  आईसीसी  टी – २०  विश्वकप  एसिया  फाइनल  छनोटका  लागि  आज  देखि  सुरु  हुने   लागेकाे  खेलमा आज  नेपाल  र  सिंगापुरबीच  प्रतिस्पर्धा  हुँदैछ  । 

कीर्तिपुरस्थित  टीयू  क्रिकेट  मैदानमा  आज  बिहान  ९  बजे  बाट सुरु  हुने खेलमा  नेपाल  सुखद  सुरुवात  गर्ने  लक्ष्यमा  रहेको  छ  । 

 खेलहरू  त्रिवि  मैदानका  साथै  मूलपानी  क्रिकेट  मैदानमा  हुनेछन्  ।  
आज  अन्य  तीन  खेल  पनि  हुँदैछन्  ।  आज  बिहान  ९  बजे मूलपानी  मैदानमा  बहराइन  र  यूएई ,  दिउँसो  साढे  १  बजे  टीयू  मैदानमा  ओमान  र  मलेसिया  तथा  सोही समयमा  मूलपानी  मैदानमा  हङकङ  र  कुवेत  खेल्नेछन्  । 

 कात्तिक  १९  गतेसम्म  चल्ने   प्रतियोगितामा  ८  देश  सहभागी  छन्  ।  जसअन्तर्गत  समूह  ‘ए’  नेपालसहित  सिंगापुर , ओमान  र  मलेसिया  छन् ।  समूह  ‘बी’ मा  यूएई, बहराइन , हङकङ र  कुवेत छन्  । नेपालले  दोस्रो  खेल  भोलि  मलेसिया  र  कात्तिक  १६  गते ओमानसँग  खेल्नेछ | 

 यस  छनोटमा  दुवै  समूहबाट शीर्ष दुई  टोली  सेमिफाइनलमा  पुग्नेछन्  भने  फाइनल  पुग्ने  दुई  टोली  सोझै  विश्वकपलाई  छानिन्छन्  । फाइनल  पुग्ने  दुई  टोलीले  अर्को  वर्ष  अमेरिका  र  वेस्ट  इन्डिजमा  आयोजना  हुने  टी – २० विश्वकप  खेल्न  पाउने  छन्   ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट