कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सिंगापुरले टस जिती पहिले ब्याटिङ गरीरहेकाे सिंगापुरले एक विकेट गुमाएकाे छ ।
सिंगापुरको पहिलो विकेट नेपाल बलर करण केसीले लिएका हुन् ।
उनले पहिलो ओभरको दोस्रो बलमा सिंगापुरका ओपनर ब्याट्सम्यान अरित्रा दत्तलाई बोल्ड गरेका हुन् ।
सिंगापुरको कप्तानसमेत रहेका दत्त खाता खोल्नु अघि नै पेभेलियन फर्किएका हुन् ।