काठमाडौँ ।
अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टि २० विश्वकपमा नेपालले दक्षिण अफ्रिकाविरुद्ध हार बेहोरेको छ । नेपालले एक रनले हारेको हो ।
दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको थियो ।
वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११५ रन बनाएको थियो ।